News

काठमाडौंको स्वयम्भूका फर्निचर व्यवसायीलाई कोरोना संक्रमण

काठमाडौं, ४ जेठ । काठमाडौँको स्वयम्भूमा एकजनालाई कोरोना संक्रमण भएको छ । फर्निचर ब्यवसायी संचालन गर्दै आएका उनलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो ।

आइतबार उनको पिसिआर परिक्षण पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकृतले पुष्टी गरेका छन् । नेपाली सेनाबाट अवकास प्राप्त उनी ३८ बर्षिय पुरुष भएको बताइएको छ ।

विरगञ्ज घर भएका उनि स्वयम्भू स्थित बडिगालमा भाडामा बस्दै आएका छन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशनमा भर्ना गरिएको छ ।

उनि चैत १९ मा विरगञ्ज गएको र वैशाख २८ मा काठमाडौं फर्केको पुष्टी भएको छ।

Related Articles

Back to top button
Close