News

कोरोना संक्रमणबाट लण्डनमा गोपाल शाहीको निधन, अधुरै रह्यो छोरालाई बेलायत ल्याउने सपना

लण्डन । पूर्व गोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको को’रोना संक्रमणका कारण बुधबार लण्डनमा नि’धन भएको छ ।उनका नातेदार कपुर राणाका अनुसार को’रोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साता अघि भ’र्ना भएका ७२ वर्षीय शाहीको बुधबार दिउँसो नि’धन भएको हो ।सैनिक नम्बर २११५६०४१ का शाहीले सै’न्य जीवनमा गोरखा ट्रान्सपोर्ट रे’जिमेण्टमा सेवा गरेका थिए ।लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।

पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । उनको श्रीमती, २ छोरी, १ छोरा छन् ।उनलाई गत वर्ष हृ’दयाघात भएको थियो । यससँगै उनलाई ढाडको स’मस्या पनि थियो । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले को’रोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मु’क्त भएको बताइएको छ ।ग्रीनीच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसन (जी’गेसा) की पूर्व अध्यक्ष लीलादेवी गुरुङ शाहीसित केही समयअघि भएको बातचित सम्झँदै भन्छिन्, “उहाँको छोराबुहारीलाई बेलायत ल्याउने ठूलो इच्छा थियो ।”

उमेरले बेलायतको वृ’द्धभत्ता पाउन योग्य भए पनि वृद्धभत्ता नखाने बरु पूर्णकालिन काम गरेर छोराबुहारी बेलायत ल्याउने यो’जनाका साथ उनले केही समय अघि मात्र से’क्युरिटीको ला’इसेन्स निकालेर काम गर्न शुरु गरेका थिए ।साहित्य सृ’जनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक ग’तिविधिमा सक्रिय थिए ।

Related Articles

Back to top button
Close