News

डेढ महिनादेखि बे’पत्ता भएकी जनप्रतिनिधिको शव पत्नी भन्दै सम्धीले लगेको रहस्य बाहिरिएपछि

सप्तरी, ५ जेठ । सम्पत्ती विवादका कारण श्रीमानवाट अलग्गै बसेकी एक जनप्रतिनिधिको शव उनकै सम्धीले पत्नी भन्दै वुझेको रहस्य खुलेको छ । सप्तरी खड्क नगरपालिका वडा नम्बर ११ कि सदस्य दुर्गाकुमारी साह डेढ महिना देखि वे’पत्ता थिइन् । उनको निधन भएको र शव पनि अर्कैले लगिसकेको खुलेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

निर्वाचनमा उम्मेदवार उठेपछि दुर्गादेवीले आफ्नो नाममा रहेको १५ कठ्ठा जमिन बेचेपछि उनको श्रीमानसंग सम्बन्ध विग्रदै गएको थियो । पति हुँदाहुँदै गाउँकै अर्का व्यक्तिले आफ्नी पत्नी भनी उनको शव बुझेको पाइएको प्रहरीले जनाएको छ । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उनको वैशाख १२ गते निधन भएको र शव उनकै सम्धी नाता पर्नेले लिएर गएको खुलेको हो ।

नाताले सम्धी पर्ने उनकै गाउँका लारायण साह भन्ने व्यक्तिले शव बझेको देखिएको छ । लारायण साह अहिले फरार छन् । दुर्गादेवीका पतिको नाम भने देवीलाल साह हुन् । उनीहरुका ४ छोरी छन् । जसमध्ये २ छोरीको विवाह पनि भइसकेको छ ।

लारायणले अस्पतालमा दुर्गादेवीको निधन भएपछि आफ्नो पत्नी भन्दै सबै प्रकृया छिटो सकिदिन आग्रह गरेका थिए । मेरो पत्नी भनेर दावी गरेपछि अस्पतालले अरु थप बुझ्ने तिर नलागेको प्रतिकृया दिएको छ । अनुसन्धान पछि उनीहरु लहानमा तीन महिना देखि संगै बस्दै आएको खुलेको छ । उनीहरुले छिमेकी र आसपासका ब्यक्तिलाई पति पत्नी भनेर चिनाउने गरेका थिए । वडा सदस्य दुर्गादेवी देवीलालकी पनि कान्छी पत्नी हुन् ।

दुर्गाकुमारी लकडाउन शुरु हुनु केहीदिन देखि परिवार र अन्य जनप्रतिनिधिको सम्पर्क नआएको वडाध्यक्ष रामकृष्ण चौधरीले जानकारी दए । उनले प्रयोग गर्ने मोबाइल नलाग्ने अवस्थमा रहेको वडाध्यक्ष चौधरीले बताए ।

एक वर्षअघि सम्वन्ध विच्छेद गरेकी दुर्गाकुमारी त्यसपछि बाहिर–बाहिरै बस्दै आएकी थिइन् । उनका ४ छोरी छन् । २२ वर्षीया रंजना र २० वर्षीया रविनाको विवाह भइरहेको छ । ६ वर्षीया गुडिया र ८ वर्षीया सीता भने बुबा देवीलालसँगै बस्दै आएकी छन् । परिवारका सदस्यले उनको खोजी गर्न प्रहरीमा निवेदन दिएका थिए ।

Related Articles

Back to top button
Close