International

स्वास्थकर्मीले ढाड फर्काएर शान्तिपूर्ण प्रदर्शन गरेपछि प्रधानमन्त्री जिल्ल


  1. बेल्जियमकी प्रधानमन्त्री सोफी विल्मेसले ब्रसेल्सस्थित सेन्ट पिटर अस्पतालमा आफ्नो आधिकारीक भ्रमणका बेला शान्तिपूर्ण विरोध सामना गर्नुपरेको छ । यहाँका स्वास्थकर्मी तथा प्रशासनिक कर्मचारीले एकपछि अर्को गर्दै ढाड फर्काएर प्रधानमन्त्रीको विरोध गरे ।

यो भिडयो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बेल्जियममा कोभीड–१९ का कारण ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ‘प्रधानमन्त्री सोफी विल्मेसविरुद्ध सेन्टे पिर्रे अस्पतलामा भएको प्रदर्शन,’ यस भिडियो शेयर गर्दै पत्रकारले ट्वीट गरेका छन् ।

ब्रसेलस टाइम्समा प्रकाशित समाचारअनुुसार सरकारले कोभीड–१९ महामारीमा स्वास्थकर्मीलाई राम्रो व्यवहार गर्न नसकेका कारण उनीहरु आक्रोशित भएका हुन् ।

बजेट र तलब कटौतीबाट आजित भइसकेका स्वास्थकर्मीहरु सरकारले दक्ष र व्यवसाहिक कर्मचारी नियुक्त गर्नुको साटो नर्सको सहयोगका लागि अदक्ष कर्मचारी नियुक्त गर्ने प्रयास गरेकाले थप बेखुस छन् । अनलाईनमा अहिले स्वास्थकर्मीहरु भिडियो भाइरल भएको छ । धेरैले महामारीमा सरकारले देखाएको रवैयाको विरोध गरेका छन् र कतिपयले एकजुट भएकोमा स्वास्थकर्मीको प्रशंसा गरेका छन् ।

Related Articles

Back to top button
Close