News

अहिलेसम्मकै उच्च संक्रमण रेकर्ड, एकैदिन ६२ जना थपिएर संक्रमितको संख्या ३५७ पुग्यो

नेपालगन्ज। आज नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित अहिलेसम्मकै उच्च संख्यामा देखिएका छन् । भर्खरै थप ५३ जना र बिहान ९ जना गरेर आजै ६२ जना संक्रमित थपिएर अहिलेसम्मकै उच्च संक्रमण संख्या रेकर्ड कायम भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसैगरी अन्य विभिन्न जिल्लामा ६ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ। उनीहरु बाँकेका नै रहेको उल्लेख छ ।

Related Articles

Back to top button
Close