Video

वलिउड नायीका अनुष्का शर्मा विरुद्ध नेपाली नायीका, यस कारण अनुष्काले माफी माग्नुपर्छ (भिडियो हेर्नुस्)

काठमाडौं । यतिबेला नेपाल र भारतबीच सिमानाका कारण विरोधका आवाज उठेको छ । भारतले नेपाली भुमी मिचेर सडक निर्माण गरेपछि नेपालमा भारतको विरोध गरिएको हो । यस अघि भारतले नेपाली भूमी पनि आफ्नो देशमा पारेर नयाँ नक्सा जारी गरेको थियो । त्यसको विरोध नेपालमा भइरहेको छ । सरकारले हालै भारतले मिचेको नेपाली भूमी नयाँ नक्सा पनि जारी गरिसकेको छ । तर भारतीय एक नायीकाले गरेको एक कृयाकलापका कारण पनि नेपालमा उनको विरोध भएको छ । यो विरोध फरक खालको छ ।

केही दिन अगाडी अमेजिगं प्राइम भिडियोमा एउटा भारितय वेभ सेरिज आएको छ । जसमा नेपाली महिला माथि बोलिएको अपशब्दका कारण नेपाली महिलाहरु विरोधमा उत्रिएका छन् । भारतीय नायिका अनुष्का शर्माको प्रोडक्सन हाउसवाट निर्माण गरिएको छ । पाताललुक नाम गरिएको सो सिरिजमा एउटा दृष्यमा नेपाली महिला माथि अपशब्द प्रयोग गरिएको छ ।

एउटा प्रहरी महिलाले आफ्नो हिरासतमा राखिएको नेपाली महिलालाई अपशब्द प्रयोग गरिएको छ । जसका कारण अहिले नेपालमा नेपाली महिला माथि अपशब्द प्रयोग गरिएको भन्दै विरोध गरिएको हो । त्यसको विरोधमा अहिले नेपालका नायीकाहरुले आवाज उठाएका छन् ।

नायीका रेखा थापाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नेपाली महिला माथि भएको अपमानको विरोध गरेकी छन् । उनले लेखेकी छन् ुएकातिर जमिन अतिक्रमुण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । ुपातल लोकु नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ ।

त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर(घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।ु

सो वेव सिरिज आएपछि अनिष्का शर्माको विरोध सुरु भएको हो । अनुष्काले माफि मागेर सो सिरिजवाट डाइलग हटाउन माग गरेका छन् । रेखा थापाले गरेको विरोधमा अन्य नायीकाहरुले पनि समर्थन जनाएका छन् । केकी अधिकारी, रिचा शर्मा लगायतले विरोध जनाएका छन् ।

Related Articles

Back to top button
Close