News

जानकी मन्दिरको सिँहको ‘हिराको आँखा’ कहाँ गायब ? : युवा नेता यादव


न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरलाई ट्र्स्टिकरणको चर्चा जनकपुरमा चलिरहँदा जानकी मन्दिर उपर रहेको दुई वटा सिँहको हिराको आँखा गायब भएको बताइएको छ ।

धनुषाधामबाट सँचालित रेडियो धनुष एफएमको लोकप्रीय कार्यक्रम मधेश मन्थनमा बोल्दै जनता समाजवादी पार्टीका युवा नेता नविन यादवले मन्दिरको गेट उपर रहेको सिँहको हिराको आँखा रहेकोमा अहिले नरहेको बताएका छन् ।

उनले जानकी मन्दिरको सयौं विघा सम्पति महन्थहरुले मिलेर सर्वनाश गरेको भन्दै मन्दिरको प्राचिन र सिँहको हिराको आँखा समेत चोरी भएको आरोप लगाएका छन् ।

उनले भने,–“सयौं विघा जानकीको जमिन दलालहरुले खाए, जानकी मन्दिरको उत्तरपट्टिको द्धार उपर रहेको दुईटा सिँहको हिराको आँखा थियो, अहिले त्यो गायब छ, त्यसमा नक्कली आँखा लगाइएको छ । कहाँ गयो त्यो हिराको आँखा ? टिकमगढी महारानीले त्यो हिराको आँखा लगाएको किम्बदन्ती छ, तर, त्यो इतिहासमै सीमित रहयो ।”

उनले सो क्रममा मन्दिर निर्माणको बेला जानकीको नाममा महारानी वृषभानु कुमारीले त्यतिबेला बाकसको बाकस गर गहनाहरु दिएको भन्दै गरगहनाहरुको कुनै लेखाजोखा नभएको तथा सबै गायब भएको बताएका छन् ।

त्यतिबेला जानकीको नाममा असर्फी, सोना, हिरा, मोती, जवाहर टन्नै दिएको किम्दन्ती र बुढापाखाको भनाइलाई उदृत गर्दै त्यो गर गहनाहरु एउटा नै नदेखिएको बताए । उनले अहिले त्यो गहनाहरुको मूल्य अर्बौमा हुन्थ्यो भनेर बताए ।

जानकी मन्दिरको सम्पत्ति मन्दिरका महन्थहरुले मासेको आरोप लगाउँदै जानकी मन्दिर सहित जनकपुरको सबै मन्दिरलाई ट्रस्टमा लैजानको लागि विभिन्न समितिहरु सक्रिय गराउने उनले बताए ।

महन्थको क्रममा उनले बाबालाई जानकी मन्दिरमा किशोरीजीको सेवा सत्कारको लागि स–सम्मान यथावत राखी सम्पत्तिको नाममा मन्दिरलाई ट्रस्टिकरणको विकल्प नभएको रेडियो कार्यक्रममा बताए ।

Related Articles

Back to top button
Close