News

बंगलादेशी डाक्टरले बनाएको कोरोनाको औषधीले ४ दिनमा नै बिरामी ठिक, औषधीलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने तयारी गरिँदै

काठमाडौं। करिब साडे ४ महिनादेखि विश्वभर महामारीको रुपमा फैलीइरहेको कोरोना संक्रमणका कारण संसार नै आजित बनिरहेका बेला विभिन्न देशका चिकित्सकहरुले यो रोगको औषधी पत्ता लगाएको दाबी गरेका छन् ।

अमेरिका विभिन्न कम्पनी र बैज्ञानिकहरुले यो रोगको औषधी पत्ता लगाइसकेको दाबी बंगलादेशी डाक्टरहरुको एक टिमले कोरोनाभाइरसको औषधी बनाएको दावी गरेका छन् ।

बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हेड प्रोफेसर मोहम्मद तारिक आलमका अनुसार ६० प्रतिशत बिरामीमा यो औषधीको प्रयोग गरिएको र औषधीको एन्टिडोट दिएपछि सबै बिरामी निको भएको समेत चिकित्सकले दाबी गरेका छन् ।

प्रोफेसर तारिकको टिमले अहोरात्र खटेर जनावरहरुमा परजीवि किराहरु मार्न प्रयोग हुने औषधी आइभरमेक्टिनको सिंगल डोजको साथमा एन्टिबायोटिक डोक्सिसाइक्लिनलाई मिलाएर एन्टिडोट तयार गरेको जनाएको छ । यो औषधी प्रयोग गरिएका धेरैजसो बिरामीहरु सास फेर्न समस्या भएका थिए र उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जुन औषधीले कोरोनाका बिरामी ४ दिनमै निको भएको समेत दाबी गरिएको छ ।

सरकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको प्रोफेसर मोहम्मद तारिकले औषधी निकै प्रभावकारी भएको दावी गर्दै रकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको बताएका छन् ।

Related Articles

Back to top button
Close