News

कोरोनाविरुद्धको खोपको परीक्षण सफल भएको अमेरिकी कम्पनीको दाबि

कोरोना भाइरसको खोपको मानिसमा गरिएको परीक्षण सफल भएको अमेरिकी कम्पनीले दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मा’र्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको हो ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट सं’क्रमित मानिस बराबर पाइएको थियो ।

वास्तवमा नै यो खोप कोरोना भाइरसको सं’क्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न अझै धेरै मानिसहरुमा आगामी जुलाई महिनामा यसको परीक्षण हुने अपेक्षा छ ।

अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । अहिले विश्वभरका ८० समूह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

Related Articles

Back to top button
Close