Saturday, March 6

भाग्यमानी मानिस जो ग”ल्ती गरेर पनि भा”ग्यले बा”चे, तपाई क”ल्पना पनि ग”र्न सक्नु हु”न्न

February 1, 2021 88

किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् ।

“मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् । वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन् ।

उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिराखेको छ ।

निष्कर्ष के त ? भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभइ यो हामी कसरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन् ।

आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीहरूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।

भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ “उनीहरू एउटै बाटोमा हुन्छन्। जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन् । ”

उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन् । यसले खराब समयलाई पनि राम्रोमा परिणत गर्छ ।

तर आफूलाई भाग्यमानी नठान्नेहरू स(साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन् । उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्।

आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ । वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् ।’

प्रतिकृया दिनुहोस्