Sunday, February 28

सडकमा मा”गेर खा”ने युवती बनिन् संसारकै एक उत्कृष्ट एक मोडल, अहिले गर्छिन् उत्कृष्ट ब्रान्ड सँग काम (१५ तस्विर सहित)

February 1, 2021 87

तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् ।

उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको लाखौ फलोअर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् ।

उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो ।

१३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । बादजाओ समुदायकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमिकामा देखिन थालेकी थिइन् र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रदरमा कान्छ प्रतियोगीको रुपमा भित्रिएकी थिइन् ।

उनको यो चर्चाले उनलाई सोसल मिडियामा आफ्नो दर्शक बनाउन सहयोग गरेको थियो । यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवारलाई आर्थिक सहयोग पनि गरे ।

उनको जीवनमा परिबर्तन ल्याएका पुराना र अहिलेका नया तस्विर तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्