News

हत्याअघि दुलालले लेखेका थिए ‘कोरोनासित लड्ने हो डराउने होइन, श्रीमतीसित डराउने हो लड्ने होइन’

काठमाडौं, जेठ ६ । प्रेममा बाधा गरेको भन्दै आफ्रनै श्रीमतीबाट हत्या गरिएका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलाल श्रीमती पिडित भएको पाइएको छ ।

प्रेम विवाह गरेका दुलाललाई श्रीमतीले निकै तवान दिने गरेको उनको फेसबुक स्टाटसले देखाएको छ। वैशाख २३ गते आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गरेका दुलालले ‘कोरोनासित लड्ने हो डराउने हैन, श्रीमतीसित डराउने हो लड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औषधि आएको छैन।‘ भनेर स्टाटस उल्लेख गरेका थिए ।

उक्त स्टाटसले नै हत्यामा सहयोग पु¥याएको प्रहरीको अनुमान छ । प्रहरीले हत्यामा श्रीमतीको हात रहेको र उनी हैरान तथा श्रसित रहेको स्पष्ट अनुमानको आधारमा प्रहरीले उनीसहित योजनालाई सफल पार्ने प्रमिसहित सहयोगीलाई पक्राउ गरिसकेको छ ।

गत शनिबार राति मृतक दुलालकी श्रीमती मीना श्रेष्ठ, उनका प्रेमी सिरहाका भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी का २० वर्षीय सोनु साह मिलेर हत्या गरेपछि उनले लेखेको स्टाटसले घटनालाई समेत प्रमाणित समेत प्रमाणित गरिदिएको छ ।हत्यामा संलग्न तीनै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरिसकेको छ।

Related Articles

Back to top button
Close