Video

बुहारी अर्कै विवाहित पुरुषसंग एउटै कोठामा मृत फेला परेपछि ससुरा मिडियामा, पुरुषको श्रीमतीको पनि बेहाल (भिडियो हेर्नुस्)

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा भएको घटनामा केही पर्दा खुलेको छ । एक जना महिलाको घरमा दुई जनालाई मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । महिलाको श्रीमान अर्कै श्रीमती लिएर भारत गएका छन् भने पुरुष बाँके नेपालगन्जका हुन् । दुवै जना विवाहित हुन् । आफ्ना श्रीमानले अर्कै श्रीमती लिएर हिडेपछि महिला एक्लै बस्दै आएकी थिइन् । उनले भर्खर नयाँ घर बनाएकी थिइन् । महिलाकै घरमा पुरुष र महिला मृत फेला परेका हुन् । भर्खर चैतको अन्तिम साता मात्र उनी सो नयाँ घरमा सरेकी थिइन् ।

छिमेकीहरुले ति पुरुष र महिलालाई कहिल्यै नजिक नदेखेको छिमेकीले बताएका छन् । ललित पुरुषको नाम रहेको र उनीहरुको त्यस्तो कुनै सम्बन्ध भएको बारेमा भने आफुहरुलाई केही जानकारी नभएको बताएका छन् । कहिले काँही फोनमा कुरा त हुन्थ्यो तर कुराकानीमा कम्पनीको बारेमा मात्र कुरा हुने गरेको बताएका छन् । उनीहरु एउटै कम्पनीमा काम गर्ने गरेका थिए ।

कान्छो छोराको जेठो बुहारीको यस्तो रहस्यमय निधन पछि उनको परिवार पनि दुखमा छन् । यद्धपी उनीहरुको सम्बन्ध विच्छेदका लागि निवेदन दिए । तर बुहारीले नै सम्बन्ध विच्छेद गर्न नचाहेको बताइन् । बुहारीले म सम्बन्ध विच्छेद गर्दिन सौता भर्खर आएकी हो छोडेर पनि जान सक्छे भन्दै वुहारीले सम्बन्ध विच्छेद नगरेको बताए । उनलाई ६ लाख रुपैया दिए पछि एक्लै बस्दै आएकी थिइन् । बुहारीले घर बनाउँदा आफुले सहयोग गरेको बताए । नयाँ घर सरेको एक महिना नहुँदै यस्तो घटना भएको ससुराले बताए । महिलाको एक जना छोरी र उनी मामा घर बस्दै गरेको बताइन् । उनीहरु सिजि फ्याक्ट्रिमा संगै काम गर्थे । तर उनले ति पुरुषलाई भने आफुले नचिनेको बताएका छन् ।

Related Articles

Back to top button
Close