News

बेलायतमा कोरोनाबाट अहिलेसम्मकै कम उमेरकी युवतीसहित ३ नेपालीको निधन

काठमाडौँ। बेलायतमा कोरोना भाइरस (कोभीड -१९) काे संक्रमणबाट थप ३ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिम्बू, खोटाङ जिल्लाको ऐसेलुखर्ककी ३२ वर्षीय नाछिरिंग राई र पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाही रहेका छन् । ३२ वर्षीय नाछिरिङ राई बेलायतमा कोरोनाबाट मृत्यु हुने मध्ये अहिलेसम्मकै सबैभन्दा कम उमेरकी नेपाली युवती हुन्।

लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो। उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनी बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन्।त्यस्तै अर्का मृतक झापाका ६५ वर्षीय हंसराज लिम्बू सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका थिए ।

त्यस्तै अर्का मृतक बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार गोपाल शाही उनी ढाडको समस्याबाट समेत पीडित थिए । मृतक शाहीलाई गतवर्ष हृदयघात समेत भएको थियो। शाही बेलायतमा उनी श्रीमतीका साथ बस्दै आएका थिए। Source:janatasamachaar

Related Articles

Back to top button
Close