News

भर्खरै रस्साकाे गाउँमा हेलिकप्टर दुर्घ ‘टना, सबै जनाकाे निध’न!

रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृ’त्यु भएको छ ।

आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन् ।

मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ । प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ ।

Related Articles

Back to top button
Close