News

बुधवार थपिए २५ जना संक्रमित, बाँकेको खजुरामा पनि पुग्यो कोरोना

काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले बुधबार थप २५ जनामा कोरोना संक्रम’ण देखिएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन

योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। बुधवार कपिलवस्तुमा मात्र १३ जनामा कोरोना पुष्टि भएको छ । जसमा ३ वर्षका बच्चा पनि रहेका छन् । कपिलबस्तुको महाराजगन्ज नगरपालिकामा जना र विजयनगर गाउँपालिकामा १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ । बांकेको खजुरामा पनि कोरोना संक्रमित फेला परेका छन् । बाँकेको नरैनापुरमा ५ जना र खजुरामा १ जना संक्रमित फेला परेका हुन् । यस अघि बाकेमा ६८ जनामा कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close