News

उदयपुरका ८ जनाले जिते कोरोना, कोरोना निको हुनेको संख्या ४५ पुग्यो

काठमाडौं । उदयपुुरका ८ जना कोरोना संक्रमित निको भएका छन् । निको भएसँगै उनीहरु बुधबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ ।
हालसम्म नेपालमा बुधबार थपिएका २५ सहित ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सो संख्यामा निको भएका हुन् ।
यस्तै कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close