Friday, March 5

मेरो छोरालाई भेडा, बाख्रा भन्ने भन्दै बिमल माथि जंगीए सचिनको बुबा ! गरीब छौ भनेर नहेपे हुन्छ Sachin(भिडियो

February 3, 2021 140

लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमल अधिकारिले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए पछि उनि बिवादित बन्न पुगे ।

आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’ विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताएका थिए ।

गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’ भन्दै बिमल आधिकारी ले भनेका थिए र उनि विवादित बन्न पुगेका थिए।

त्यसैगरि सचिन परियारको बुवा तेजेन्द्र परियारले बिमल अधिकारीको टिप्पणी माथि आपति जनाएका छन् । मंगलवार बेलुका सिलौटो रेस्टुरेन्ट मा पुण्य गौतम संग तेजेन्द्रले प्रेस मिट गर्दै गर्दा उनले आपति जनाएका हुन् ।

अरुले गाउदा केहि न हुने मेरो छोराले गाउदा चाहि स्टुडियो कसरि बाख्राको खोर भयो ? भन्ने तेजेंद्रको जवाफ छ। बिमल अधिकारिले राम्रो बोल्नु भएन उहाले हाम्रो रिस गर्नु भयो हामीले के गर्देको छौ ?गरिब छौ भनेर न हेपे हुन्छ भन्दै उहाले अन्तर्वार्ता दिनुन भएको थियो साथै बिमल अधिकारीले मलाइ फोन गरेर माफी माग्नू पर्छ । भन्ने उहाको भनाइ छ। हेर्नुस भिडियो सहित:

प्रतिकृया दिनुहोस्