Saturday, February 27

प्रमुख आयुक्त राईले अख्तियारमा कार्यभार सम्हाले, माधव – प्रचण्ड सहित भ्रष्टाचारी पक्राउ को तयारी

February 3, 2021 108

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।

अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए । चर्चित बालुवाटार सरकारी जग्गा काण्डको छानविनमा सक्रिय भूमिका निर्वाह गरेका राईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्ट्री भएको छ । अख्तियारको प्रमुख आयुक्तका रुपमा राईको प्रवेश भएको हो ।

बालुवाटार काण्डको छानविन गरेदेखी नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अरुचिमा रहेका राईले प्रवेशसँगै अख्तियारले पुराना घोटलाहरुको सत्यतथ्य छानविन गर्ने विश्वास लिइएको छ । अख्तियार केही महिनादेखी प्रमुख आयुक्त विहिन अवस्थामा रहेको थियो । प्रचण्ड–नेपाल समुहले आफुले भनेको मान्छे नियुक्ति गर्ने भएमात्र समर्थन गर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले निष्पक्ष भएर काम गर्नेलाई नै अख्तियारमा नियुक्ति दिने अडान राख्दै आउनु भएको थियो ।

अख्तियारमा सह–सचिव र सचिवका रुपमा काम गरिसकेका राईलाई भ्रष्टाचार निवारणका लागि कसरी प्रशासनिक काम गर्नुपर्छ भन्ने राम्रो अनुभव छ । प्रधानमन्त्री ओलीले रुचाएको प्रशासक भनिए पनि कतिपय निर्णयमा प्रधानमन्त्रीसमेतलाई ‘कन्भिन्स’ गर्न सक्ने खुबी भएका राईले गृह प्रशासनमा धेरै सुधार गरेका थिए ।

प्रतिकृया दिनुहोस्