News

मनिषाको माटोप्रेम : भारतीयहरु जल्दै भन्न थाले , भारतको खाएर चीनको गीत गाइन्

काठमाडौं ।‘जननी जन्मभूमिश्च स्वर्गाद्धपी गरियसी’ आफू जन्मेको धर्ती र आमाको काख भन्दा ठूलो स्वर्ग अर्को छैन पनि । सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आम नेपाली अहिले यही गर्ववोध एवं अनुभूतिले हर्षित र पुलकित छन् ।बुधबार आम नेपालीको यही सपना साकारा हुँदा यो दिनले नेपालको इतिहासमा अमरत्व कायम गर्ने भएको छ । नयाँ नक्सा जारी गर्ने निर्णयलाई स्वागत गर्नेहरुको ठूलो लर्कोमा उभिन पुगिन नेपाल आमाकी छोरी एवं चर्चित अभिनेत्री मनिषा कोइराला पनि ।उनले यो आम नेपालीका लागि गर्विलो दिन भएको उल्लेख गर्दै तीन देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा पनि गरिन ।

तर उनको यो देशप्रेम , माटोप्रेम उनले कर्मघर बनाएको बलिउड र विशेष गरी भारतीयहरुलाई भने असैह्य भएको छ ।बलिउडमा लामो समय काम गरेकी अभिनेत्री मनीषा कोइराला पनि नेपाल सरकारले जारी गरको नेपालको नक्साको समर्थनमा उभिएपछि भारतमा उनको विरोध सुरु भएको । नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको पक्ष लिदै मनिषा कोईरालाले सामाजिक सञ्जाल ट्वीटरमा ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नका लागि धन्यबाद हामी सबै अब तीनै महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतीक्षामा छौं भनेर आज भन्दा दुई दिन अगाडि ट्वीट गरेकी थिइन् ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि मानिषा कोइरालाले उक्त ट्वीट गरेकी थिइन् । जुन अहिले भारतीय मिडियाले आलोचनाको विषय बनेको छ । भारतीय मिडियाले उनलाई भारतको खाना खाएर चीनको गीत गाउने सम्मको आरोप लगाएको छ । भारतीय मिडियाले मानिषाले जे जति पायो सबै भारतले दिएको दाबी गरेको छ ।कालापानी र लिपुलेखलाई लिएर भारत र नेपालबीचको सीमा विवादको बीचमा अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले अहिले भारतमा तहल्का मचाएको छ ।

त्यतिमात्र नभइ भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु ठाउँबाट आएको भन्दा कडा बताएकोको बारेको पनि प्रसंग उठाएर कोकोहोलो मच्चाउन थालेको छ ।भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि त्यसको जवाफमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु अहिले आफ्नो चीरपरिचित पहिचान देखाउन थालेका छन् ।

Related Articles

Back to top button
Close