News

प्रहरीले भने, ‘होटल बन्द गर्नुस‌्‌’, सञ्चालकले भने, ‘सरुवा गरिदिउँ ?’

यति खेर कोरोना महा मारी फैलन नदिन देशका पाँच तारे होटलहरू नै बन्दप्राय: छन्‌ ।तर पश्चिम नवलपरासीको बर्द घाट टिसियन चोकमा एउटा यस्तो खाजा घर छ, जहाँका सञ्चालकलाई न कोरोना महा मारीको चिन्ता छ, न त उनलाई देश भर लागेको लकडाउनले छोएको छ ।निर्वाध खाजा घर चलाइ रहेका उनी जन प्रतिनिधि र प्रहरीलाई नै धम्क्याउँछन्‌ र भन्छन्‌, ‘सरुवा गरि दिउँ?’उनले धम्की पाए पछि अनुगमनमा गएका अधिकारीहरू मलिनो अनुहार लिएर फर्कन्छन्‌।

लामा खाजा घरका सञ्चालक हुन्‌ : प्रेम बहादुर लामा।उनी नेपाल टिम्बर कर्पोरेशनका पूर्व कर्मचारी हुन्‌ ।बर्द घाटमा रहेको दाउन्ने देवी माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्‌ ।टिसिएन चोकमा वन क्षेत्रको जग्गा मिचेर पक्की घर बनाएका छन्‌ ।सोही चोकमा उनले खाजा घर चलाएका छन्‌।

लामाको खाजा घर नजिकै सशस्त्र प्रहरीको ‘हेल्थ डेस्क’ छ ।प्रदेश नम्बर चारको प्रवेश द्वार पनि रहेको टिसीएन चोकमा यति खेर चौबिसै घण्टा पहरा दिन प्रहरी पनि खटिएका छन्‌ ।तर लामा यति शक्ति शाली छन्‌ कि उनले प्रहरीकै अघि संक्रमण जोखिमको परवाह नै नगरी खाजा घर चलाइ रहेका छन्‌।

उनको होटलमा दैनिक दर्जनौं सवारी साधनका चालक, सहचालक र पैदल यात्रुले चिया खाजा खाने र भीड भाड गर्ने गरि रहेका छन्‌ ।यो खाजा घरमा लामाले मदिरा समेत बिक्री गर्दै आएका छन्‌ ।लकडाउन उल्लङ्घन गरी खाजा घर संचालन गरेको गुनासो आए पछि अनुगमनमा पुगेको बर्द घाट नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्द घाट बजार विकास समितिका अध्यक्ष सोभा कान्त कोइराला, हरियाली टोल विकास समितिका अध्यक्ष तारा गौतम लयातका टोलीलाई समेत खाजा घरका संचालक लामाले टेर पुच्छर लगाएनन्।

जन प्रतिनिधिले गरेको अनुगमन रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई पनि लामाले धम्क्याइ हाले ।फोटो नखिच्नु भन्दै हकारे। भने, ‘तपाइँले फोटो खिच्नु भयो, ख्याल गर्नुस्‌।’ पत्रकार ल्याएको भन्दै वडा ध्यक्ष हमाल माथि पनि लामा खनिए ।हमालले कोरोनाले कसैलाई पनि नचिन्ने भएकोले यो महा मारीको समयमा सवै गम्भीर हुनु पर्ने र खाजा घर बन्द गर्न आग्रह गरे।

तर लामाले उल्टै राजनीतिक पूर्वाग्रह राखेर आफ्नो खाजा घर अनुगमन गर्न आएको आरोप लगाए ।आफूलाई समाज सेवी देखाउन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्न भ्याएका लामाले अतिक्रमण गरेर निर्माण गरेको घर हटाउन सामुदायिक वनले दुई पटक पत्राचार गरि सकेको, तर लामाले नटेरेको सामुदायिक वनका अध्यक्ष चुडा मणी भण्डारी बताए।

लामाले बनाएको घर वन क्षेत्रमा पर्ने र उनले घरसँगै बनाएको ट्रष्ट पनि स्थानीइ पारिजात सामुदायक वनमा पर्ने भएकोले हटाउन ताकेता गरेको, तर नटेरेकाले अब तेश्रो पटक अतिक्रमण हटाउन पत्राचार गर्ने, त्यति गर्दा पनि नहटाए डिभिजन वन कार्यालयमार्फत टोली बोलाएर सबै सामान जफत गरिने भण्डारीले बताएका छन्‌। स्थानीयका अनुसार टिम्बर नेपालको कर्मचारी हुँदा देखि नै लामाले तत्कालिन राजनीतिक दलका नेतृत्व, इलाका वन कार्यालयका कर्मचारी र जिल्लाका अधिकारीहरूलाई प्रलोभनमा पारी वनको जग्गा हडपेका थिए।

सोही जग्गामा लामाले २०६७ साल ताका घर बनाएका हुन्‌ ।टिम्बर कर्पोरेशनको जग्गामा झुप्रो बनाएर बसेका १४ घरपरिवारलाई त्यतिखेर ग्रामिण आवास कम्पनीले अन्यत्र घडेरी दिएर त्यहाँबाट स्थानान्तरण गरेको थियो तर लामाले भने घडेरी लिएर पनि वनकै जग्गा हडपेर घर नै बनाउन भ्याएका हुन्‌। थाहा खबर

Related Articles

Back to top button
Close