Saturday, March 6

अस्ट्रेलियामा अध्ययनरत विराटनगरका एक नेपाली विद्यार्थीको निधन

February 4, 2021 124

अस्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको ट्रेनमा बेहोस भएपछि निधन भएको छ। विराटनगरका बासिन्दा रविन आचार्यको बुधबार निधन भएको उनका मामा दिक्षित गुरागाईले बताएका छन्।

सिड्नीमा अध्यनरत उनी ट्रेनमा एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। तर उनलाई त्यहाँ मृ त घोषणा गरिएको गुरागाईको भनाइ छ। उनी भन्छन्,‘भान्जा रविनसँग १५ मिनेट अगाडि मात्र कुराकानी भएको थियो।

उनको निधन को खबरले हामी दुःखी बनेका छौं।’रविनले प्लस टु विराटनगरको अर्चिड कलेजबाट पास गरेका थिए। हाल उनी सिड्नीको एब्बी कलेजमा अध्ययनरत थिए। रविनका भाई सविन आचार्य हाल सिड्नी मै छन्। हाल रविनको पार्थिव शरीरलाई नेपाल ल्याउने प्रयास भइरहेको छ।

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि अध्ययनको आकर्षक केन्द्र बनेको छ। तर बेलाबखत त्यहाँ विभिन्न घटनामा परेर नेपाली विद्यार्थीहरुको निधन को भएका खबरहरु आउने गरेका छन्। गत जनवरी महिनामा मात्र अस्ट्रेलियामा दुई नेपालीको पौडी खेल्ने क्रममा निधन भएको थियो।

यो पनि पढ्नुहोस् : पहिलो चरणबाट बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाउने तयारी
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरूद्धको ‘कोभिसिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो।

यही माघ १४ गतेबाट सुरू गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ।खोप लगाउन अझै तीन दिन बाँकी छ।

‘अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौं’, उनले भने, ‘यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौं। अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौं।’ मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताए।

मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्