News

ट्रम्पले डब्ल्यूएचओलाई दिए फेरी ३० दिने यस्तो अल्टिमेटम, ट्वीट गर्दै यस्तो चेतावनी दिएपछि हल्लियो विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । ट्रम्पले डब्ल्यूएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाए ।

ट्रम्पले डब्ल्यूएचओले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका छन् । ट्रम्पले डब्ल्यूएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्ल्यूएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् ।

यस्तै कोरोना भाइरसको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य संगठन डब्ल्युएचओलाई २ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । उक्त रकम दुई बर्षभरीमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिए । सोमबार चिनियाँ राष्ट्रपती सिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका डब्ल्युएचओलाई सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।

त्यस्तै साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ । २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ५७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख १ हजार ९७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४४३ जनाको अवस्था गम्भीर छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५७४ जनाको मृत्यु भएको छ । १८ लाख १५ हजार ४३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७६४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६५७ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ९२४ जनाको ज्यान गएको छ भने ९३ हजार २२८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६७५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् भने २ हजार ८३७ जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close