Intresting

भाेली भरणी नक्षत्र चन्द्रमा मेष राशिमा प्रवेश गर्दै, कुन राशिलाई कस्ताे फल दिन्छ ?

२०७७ साल जेठ कृष्ण्पक्ष ८ गते विहिवार चतुर्दशी तिथि भरणी नक्षत्र चन्द्रमा मेष राशिमा प्रवेश गर्दैछ हेराै कस्लाई कस्ताे फल दिन्छ ।

मेष राशि : बनिरहेको काम शत्रुको कारण समस्यामा पर्नेछ ।

कुनै अपजसको सामना गर्नुपर्न सक्ने समय छ ।

यात्रा गर्दा विचार पुर्याउनु होला ।

वृषः अरुकाे कारणले बिग्रेकाे काम सप्रेर जाने छ ।

दाजुभाइ सँगको सम्वन्धमा मधुरता छाउनुका साथै राम्रो पराक्रम वढ्ने छ ।

मिथुनः घर परिवारमा कहल देखिने छ । आर्थिक लेनदेन गर्दा विचार पुर्याउनुहोला अन्यथा तपाइको धन हानि हुन सक्छ ।

कर्कट : भाग्यमा रोकिएको काम बन्नेछ ।

नयाँ अवसर प्राप्त गर्न सक्ने समय देखिन्छ ।

घमण्डलाई छोडेर काममा अगाडि बढ्नुहाेस काममा सफलता प्राप्त हुनेछ ।

सिंहः हातहतियार चलाउनु हुन्छ भने सतर्क भएर चलाउनु होला अन्यथा चोट पटकको सम्भावना छ ।

आर्थिक हानिको समय देखिन्छ ।

कन्याः दाम्पत्य जीवनमा सुखमय वातावरण हुनेछ ।

पुरानो कुनै कुरको चिन्ता थियो भने हट्ने छ ।

काममा लाभ प्राप्त हुनेछ ।

तुला : ब्यापार व्यवसायबाट लाभ प्राप्त हुने याेग छ ।

गरेको काममा सफलता हातपर्ने छ ।

सन्तान तथा स्त्री सुखको समय देखिन्छ ।

वृश्चिक : स्वास्थ्यमा हल्का समस्या देखापरे पनि समग्रमा दिन राम्राे छ ।

कार्य क्षेत्रको लागि उत्तम समय रहेकाे छ ।

धनु: पेट वा छातिमा कुनै समस्या देखिन सक्छ । अनावश्यक कुरा मनमा खेल्ने छ जस्ले बढ्ने छ ।

बिहान ध्यान गर्दा राम्रो र मन शान्त हुनेछ ।

मकर : मनमा भएको तनाव हटेर जानेछ तथा घर परिवारमा राम्रो र शुभ समाचार सुन्न पाइनेछ ।

पुरानो मित्रको यादले केहि सताउन सक्ने छ ।

कुम्भ : पराक्रम बढ्नुका साथै गरेको काममा सफलता हात पर्ने छ ।

स्वास्थ्य क्षेत्रमा लागेका व्यत्तिका लागि भने धेरै राम्रो आर्थिक प्रगतिको समय छ ।

मीन : अचल सम्पत्ति किनबेचको लागि कुरा अगाडि बढाउँदा राम्रो हुने तथा अकाल्पनीक धन प्राप्तहुन सक्नेछ ।

स्वस्थ्यमा सामान्य समस्या देखापर्न सक्नेछ ।

Related Articles

Back to top button
Close