News

विदेशमा बस्नै नसक्ने अवस्थामा रहेकालाई ल्याउने तयारीमा सरकार

जेठ ७, काठमाण्डौ । कोरोना महामारीका कारण यतिबेला विश्व आक्रान्त छ । जसको असर अहिले वैदेशिक क्षेत्रमा पनि परेको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका लाखौं नेपालीहरु यतिबेला नेपाल फर्किन पाउँ भन्दै सामाजिक संञ्जालहरुमा दुखेसो गरीरहेका छन । उनीहरुलाई नेपाल फर्काउन सरकारले आवश्यक तयारी गरेको भनिएपनि कहिलेसम्म उनीहरु नेपाल फर्कन पाउंछन भन्ने टुंगो भने लागेको छैन ।

सरकारले वैदेशिक रोजगारीका लागि विदेश गएकाहरुलाई नेपाल फर्काउन वेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनीहरुलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको हो । तर कसरी,कहिलेसम्म र कस्ता–कस्ता व्यत्तिहरुलाई नेपाल फर्काउने भन्ने बारे भने टुंगो लागीसकेको छैन । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशबाट फर्किन चाहनेहरूको लागि कसरी ल्याउने र व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको थियो ।

कोरोना भाइरस प्रभावका कारण विभिन्न मुलुकमा रहेका ५ लाख बढी नेपाली स्वदेश फर्किन चाहेका छन् । कोरोना भाइरसका कारण उच्च जोखिममा परेका मुलुकहरुमा कार्यरत नेपालीहरु,जसको भिसा अवधी सकिएको,र अन्य विभिन्न कारणले बस्न नसक्ने अवस्थामा पुगेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउने तयारीमा जुटेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

मंगबार संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने तत्काल सवैलाई नेपाल फर्काउन नसकिने धारण राखेका थिए । त्यसको लागि सरकारले आवश्यक तयारी गर्ने र केही समय लाग्ने बताएको थियो । दक्षिण कोरिया, जापान, इरान, कतार, यूएई, मलेसिया, इजरायल, साउदी अरेबिया, कुवेत लगायतका देशमा रोजगारीका लागि लाखौ संख्यामा नेपालीहरु पुगेका छन । उनीहरुलाई नेपालमा ल्याएपछि स्वास्थ्य परिक्षण, क्वारेन्टाइनको व्यवस्था लगायतका बिषयमा सम्वन्धित स्वास्थ्य मन्त्रालयको विज्ञसगँ समन्य भैइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार गर्न एक कार्यदल नै बनाएको छ । उक्त कार्यदलले विदेशबाट ल्याइएकाहरूलाई क्वारेन्टाइनमा राखेर बाहिर निकालेपछि श्रम क्षेत्रमा कसरी जोड्ने भन्नेबारे समेत काम गरिरहेको जनाएको छ ।

यसअघि मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले विदेशबाट नेपाल आउन चाहने सबै नागरिकलाई एकैपटक ह्वारह्वारती ल्याउन नसिकने बताएका थिए । उनले क्रमशः स्वदेश ल्याउने विषयमा सरकार प्रतिवद्ध रहेको भने स्पष्ट पारेका थिए ।

Related Articles

Back to top button
Close