News

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु ।

-अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन । कोरोना स्वाश्प्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ । तर सबैलाई सर्दैन । नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो ।

-अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन । कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे र झिंगाको टोकाइबाट सर्दैन ।-खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ । कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ ।

-स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ
-मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ । त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पूनः प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ ।

-संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ । यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ । अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन ।

-कोरोना भाइरस हावाबाट सर्दैन । ६ फिटको दूरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ । हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ ।

-कमन शौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ । साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ । त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढक्कन लगाएर गर्नुपर्दछ ।

-चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ । अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ । तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन ।

-धेरै सूचना लिएर कोरोनाबाट बच्न सकिंदैन । धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ । टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ । जसले थप तनाब उत्पन्न हुन्छ ।

– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ । त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ ।-एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ । कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो । १–२ जनालाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन । एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ । त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ ।

-बालबालिका जोखिम बर्गमा पर्दैनन् । तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन ।
-कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन । हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ । त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ ।

-कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन, अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ । आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसँग दूरी कायम गर्दा ८५ प्रतिशत संक्रमितलाई निको हुन्छ । लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ ।

-कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । ८५प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ । मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ । मृत्युदर जम्मा ३ प्रतिशत हुन्छ ।

-कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन । सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ ।-संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाद्य पदार्थ २–३ महिनाको स्टोर गर्ने, तरकारी फलफूल हप्ताको एकपटक किन्ने, दूध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ ।

-कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ । तसर्थ सरसफाई, सामाजिक दूरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ ।-हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन । साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ ।

-नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा पिसीआर टेष्ट गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो । दोस्रो केसको हकमा पनि सुरुमा टेष्ट गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल र सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो ।

-संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं । चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ । यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् ।

Related Articles

Back to top button
Close