News

उनलाई आफु मा’रिदैछु भन्ने थाहा थियो ? श्रीमतीकै योजनामा ह’त्या गरिएका दुलालको फेसबुक स्टाटसले सबैलाई झस्कायो

जेठ । आफ्नै श्रीमतिद्धारा मा रिएका विराटनगरका औषधी व्यवसायी देवीप्रसाद दुलालले ह त्या हुनु अघि लेखेको फेसबुक स्टाटसले शंका उब्जाएको छ । अन्य दुई सहयोगीको साथ लिएर श्रीमतिले नै दुलालको ह त्या गरेकी थिइन् । ह त्याको मुख्य योजनाकार श्रीमती मिना श्रेष्ठ दुलाल रहेको र ह त्यामा गर्ने विराटनगरकै ब्रह्मदेव साह र इटहरी १२ खनारका सोनु साह छन् ।

मृ तक दुलालले मे ५ मा फेसबुकमा लेखेका थिए, ‘कोरोनासँग लड्ने हो, डराउने होइन । श्रीमतिसँग डराउने हो लड्ने होइन, किनभने दुबैको अहिलेसम्म औषधी बनिसकेको छैन ।’ यो स्टाटसबाट श्रीमतिबाट आफूमाथि खतरा भै रहेको संकेत दुलाललाई थियो भन्ने शंका गर्न सकिन्छ । उनले रमाइलोका लागि पनि यो स्टाटस लेखेका हुनसक्छन् ।

प्रहरीका अनुसार चार वर्षअघिदेखि पाँच महिनाअघिसम्म ब्रम्हदेव दुलालको माँ देवी पाथिभरा फर्मामा काम गरे । यो बीचमा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढेको थियो ।

श्रीमतीसँगको सम्बन्ध थाहा पाएका कारण श्रीमान्–श्रीमतीमा बेमेल थियो । आफ्नो श्रीमानले गरेको व्यवहार मीनाले ब्रम्हदेवलाई सुनाउँथिइन् । उनले श्रीमानलाई सबक सिकाउने योजना रहेको बताउँथिइन् । ब्रम्हदेवले गत माघमा विवाह गरेको थिए । तर मीनासँगको संवाद निरन्तर चलिरहेको थियो ।

शनिबार राति एउटा बेडमा श्रीमती मीना र ८ वर्षीय छोरा सुतेका थिए । दुलाल छुट्टै बेडमा सुतेका थिए ।

ह’त्याको पूर्व योजनासहित मीनाले बोलाएपछि शनिबार राति ब्रम्हदेव र सोनु डोरी र ह’त्याका लागि प्रयोग हुने सर्जिकल ग्लोब्स लिएर आएका थिए । फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए ।

शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । साथी पुगेपछि दुलालले खानापानको व्यवस्थापन गरे । दुईजना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए ।

म दिरा सेवन गरेका दुलाल कोठामा सुत्न गए । मीना र दुलाल एउटै कोठाको छुट्टा छुट्टै खाटमा सुत्छन् । श्रीमान सुत्न गएपछि ब्रम्हदेवलाई बोलाउँछिन् । न्यूरो अस्पतालको फेसबुक फार्मेसी अगाडि मोटरसाइकल राखेर पैदल दुलालको डेरा पुगेका ब्रम्हदेव र सोनुलाई सिँढीमा लुक्न लगाउँछिन् ।

आधा घण्टापछि मीनाले इसारा गर्दै ढोका खोल्छिन् । भित्र कोठामा दुलाल सुतिरहेका थिए । म दिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले कस्छन् ।

सोनुले उनको खुट्टा समात्छन् । यो बीचमा दुलालले प्रतीकार गर्न खाजेका छन् । प्रतीकार गर्दा उनको निधार झ्यालमा ठोक्किएर चोट लागेको थियो भने घाँटीमा कस्सिएको डोरी चुँडिएको थियो ।

दुईजनाले ह’त्या गरिरहँदा श्रीमती मीनाले पनि सघाइन् । सास चल्न बन्द भए पनि उनीहरूले ब्रम्हदेव र सोनुले छाड्दैनन् । पेट र शरीरका अन्य भागमा लात्तीले हान्छन् ।

ह त्याका क्रममा संघर्ष चल्दा दुलालको घाँटीमा गहिरो डाम बसेको थियो । डाम देखिएपछि छोप्न भन्दै मीनाले एक बट्टा पोन्ड्स पाउडर लगाइदिइन् । ११ बजेदेखि करिब आधा घण्टाको प्रयासमा दुलालको ज्यान गयो । तर ह त्यापछि तीनजना दुई बजेसम्मसँगै बसे ।

२ बजेपछि सोनु र ब्रम्हदेव निस्किएपछि मीनाले छिमेकी र देवीप्रसादका साथीलाई फोन गरी श्रीमान अुचेत छन् भन्दै बोलाइन् । एम्बुलेन्समा हालेर गोल्डेन अस्पताल ल्याएका थिए । अस्पतालले मृुत घोषणा गरेपछि मीना रुन थालेकी थिइन् ।

दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।

मीना श्रेष्ठसँग उनले १० वर्षअघि प्रेम विवाह गरेका थिए । उनका ८ वर्षीय छोरा छन् । उनीहरू वैदेशिक रोजगारीका लागि डेनमार्क पनि पुगेका थिए ।

Related Articles

Back to top button
Close