Saturday, March 6

सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक

February 5, 2021 60

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक लगाइएको छ।
ओलीले बिहीबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएको छ। त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

‘आमसभा हुने दरबारमार्ग क्षेत्रमा मानिसहरूको भीड धेरै भएकोले गाडी जान दिइएको छैन,’महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण अधिकारीले भने,’रिङ रोडबाट सार्वजनिक यातायातलाई भित्र जान दिइएको छैन। अहिले एकछिन रोकिएको छ।’ त्यस्तै, निजी सवारी साधनलाई नरोकिएको एसपी अधिकारीले बताए।

निजी सवारी साधनलाई पनि कार्यक्रमस्थल वरिपरिबाटै डाइभर्ट गरिएको महाशाखाले जनाएको छ। ‘पुतलीसडक हुँदै जय नेपाल हल जाने, नक्सालमा जान दिइएको छ। जुलुस हिँड्ने बाटोहरूमा मान्छेको भीडले गर्दा नै रोक्नुपर्ने हुन्छ,’एसपी अधिकारीले भने,’आए पनि कारबाही नै गर्ने भने होइन। डाइभर्ट गरिदिने हो।’रिङरोडबाट बाहिर जान भने नरोकिएको उनले बताए।

प्रतिकृया दिनुहोस्