News

बिहीबार नेपालमा २ पटक भूकम्प, पहिलो दार्चुला र दोस्रो भक्तपुर केन्द्रविन्दु

नेपालमा बिहीबार २ फरक स्थान केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसैगरी पुन: ८ बजेर १६ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो भूकम्प भक्तपुर सहित काठमाडौं र ललितपुरमा पनि महसुस गरिएको थियो ।

४ रेक्टरस्केल भन्दा सानो भूकम्प राष्ट्रिय भूकम्प केन्द्रले रेकर्ड राख्ने गरेको छैन् ।

यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुश भएको थियो ।

Related Articles

Back to top button
Close