Sunday, March 7

मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा लगेर थुन्छु : गृहमन्त्री थापा

February 5, 2021 99

गृहमन्त्री रामबहादुर थापाले ओली सरकारविरूद्ध ‘मांसाहारी’ आन्दोलन गरे त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।

‘हाम्रै पार्टीका केही अवसरवादीहरु, फूटवादीहरु, प्रतिक्रियावादीहरु मांसहारी आन्दोलन गर्छाैं भनिरहेका छन, हाम्रो नेपालको संबिधान र कानूनले अपराध घोषित गरेको छ, ती अपराधीहरुलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिने छ,’ गृहमन्त्री थापाले भने । उनले नारायणहिटी अगाडिको आमसभा गणतन्त्रलाई बलियो बनाउन आयोजना गरिएको उदघोष पनि गरे ।

‘अवसरवादीहरुले, फूटवादीहरुले नारायणहिटीमा आमसभा गरेर राजतन्त्र ल्याउन खोज्या भन्ने भ्रम छरिरहेका छन, हामी राजतन्त्र होइन, गणतन्त्रलाई बलियो बनाउन यो ठाउँमा उपस्थित भएका छौं,’ थापाले भने ।

प्रतिकृया दिनुहोस्