News

जिउँदाे कोरोना संक्रमितको मृत्यु भएको भ्रामक समाचार लेख्ने ३९अनलाइन कारबाहीमा, ८ वटा ब्लक


काठमाडौं । प्रेस काउन्सिल नेपालले ३९ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाही गरेको छ। ८ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरेको छ ।
कोरोना संकटका बेला परिवारलाई तनाव हुनेगरी हतारमा झूठो जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाएको भन्दै काउन्सिलले ३९ वटा अनलाइन सन्चार माध्यमलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन दिएको छ । त्यस्तै ८ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।
बुधबार रूपन्देहीकाे किमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै ८ वटा अनलाइनहरुलाई उन्सिलले नेपालभित्र प्रसारण नहुने गरी बन्द गरेको हो । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै झुटो समाचार छाप्ने ३९ वटा अनलाइनलाई कारवाही गरेको बताएका छन् ।
उनले भनेका छन -‘गुल्मीका शिक्षक उपचार क्रममै हुनुहुन्छ ! हिजो परिवारलाई तनाव हुनेगरी हतारोको,झूठो समाचार सम्प्रेषण गर्ने ३९ वटा अनलाइन सन्चार माध्यमलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन दिइनुका साथै ८ वटालाई नेपालभित्र प्रशारण नहुने ब्यवस्था मिलाइएको छ !
प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिताअन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना हो !’
बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनी खबर प्रकाशित गरेका थिए। त्यसकारण जिउँदो ब्यक्तिको मृ’त्यु भएको भ्रा’मक खबर प्रकाशित गर्ने अनलाइनलाई काउन्सिलले कारबाही गरेको हो ।
यसअघि पनि काउन्सिलले कोरोना भाइरस संक्रमणबारे अनावश्यक भ्रम फैलाउने १६ अनलाइनलाई नेपालभर नखुल्ने गरी ब्लक गरेको थ्यो भने ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको थियो ।
यस्तै अखिल नेपाल जनसांस्कृतिक महासंघले अभिनेत्री मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न सबैलाई आव्हान गरेको छ । साथै कोइरालाबिरुद्ध नलाग्न भारतीय मिडियालाई महासंघले चेतावनी दिएको छ । महासंघले भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको सशक्त प्रतिवाद गरेको छ ।
महासंघका महासचिव खेम थपलियाले बिहिबार एक बिज्ञप्ति जारी गर्दै भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति आफ्नो संगठनकको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘नेपालले हालसालै कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी हाम्री कलाकार मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको उक्त देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।’ थपलियाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
मनिषा कोइरालाको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’ भनेकी थिइन् । सोहि भनाइलाई लिएर अहिले भारतीय मिडियाहरु उनीबिरुद्ध खनिएपछि महासंघले आपत्ति जनाएको हो ।
मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाएर जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतकै समृद्धि खर्च गरेको भन्दै महासंघले उनी कसैको दया, मायामा नभएर आफ्नै कला, श्रम र सीपमा बाँचेको प्रष्ट पारको छ । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर त्यहाँ श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेकाेप्रति पनि महासंघले आपत्ति जनाएको छ ।
‘मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् र जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु¥याइन् । भारतको चलचित्र उद्योगमा आफ्नो कला, श्रम र सीप खन्याइन् । मनिषाले कसैको दया मायामा नभएर आफ्नै कला, श्रम र सीपमा सिङ्गो भारतलाई दिएर बाँचेकी हुन् । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन्, अभिनेत्री मनिषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ ।’ थपलियाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
मनिषा कोइरालालाई भारतीय सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्सर्नायोग्य छ रहेको बिज्ञप्तिमा उल्लेख छ। नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? भन्दै महासंघले प्रश्न समेत सोधेको छ । ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको बिज्ञप्तिमा उल्लेख छ । साथै नेपालले आफ्नो देशकी नायिका मनिषा कोइरालामा जिवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहेको पनि बताएको छ।

Related Articles

Back to top button
Close