News

उपत्यकाका सबै नाका सिल, काठमाडौं छिर्न आरडीटी रिपोर्ट देखाउनुपर्ने

सरकारले काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले बुधबार राति काठमाडौं उपत्यकाका सबै स्थानीय तहको सुझावका आधारमा अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको निर्णय गरेको हो ।

गृहले लुकिछिपी काठमाडौं आउनेलाई समेत पूर्ण रूपमा रोक्ने भएको छ । बाहिरी जिल्लाबाट आएकालाई काठमाडौं प्रवेश गर्ने नाकामा रोकिने भएको छ ।

यदि कोही काठमाडौं प्रवेश गर्न चाहन्छन् भने उनीहरुले आफ्नै खर्चमा आरडिटी विधिबाट कोरोनाको परीक्षण गरी स्वास्थ्य प्रमाण पत्र देखाउनुपर्ने निर्णय सरकारले गरेको छ । काठमाडौंमा बढी जनघनत्व रहेकाले पनि सरकारले कोरोना संक्रमण फैलिन नदिन यो निर्णय गरेको हो ।

Related Articles

Back to top button
Close