News

यु,द्धग्र’स्त अफगानिस्तानका किशोरी कोभिड–१९ का बिरामी बचाउन सक्रिय, कारको पाटपुर्जाबाट भेन्टिलेटर बनाउँदै

आतंककारी हमला र कोरोना भाइरसको दोहारो मर्कामा परेको अफगानिस्तानमा किशोरीहरुले कोरोनाका बिरामीलाई नयाँ जीवन दिँदैछन् । उनीहरु कोरोना पीडितका लागि भेन्टिलेटर बनाउँदैछन्, त्यो पनि आफ्नै तरिकाबाट । कारका पाटपुर्जाबाट भेन्टिलेटर तयार गर्ने यी किशोरीहरुलाई ‘रोबोटिक्स गल्र्स’ भन्न थालिएको छ । उनीहरुको उपलब्धिलाई सलाम गर्नुपर्ने दुईकारण छन् । पहिलो, उनीहरुले जुन भेन्टिलेटर बनाइरहेका छन्, त्यसलाई निकै सस्तो रकममा उपलब्ध गराउन सकिन्छ ।
दोस्रो, ३ करोड ९० लाख जनसंख्याको देश अफगानिस्तानमा केवल ४ सय भेन्टिलेटर छ । यस्तोमा उनीहरुले भेन्टिलेटर बनाएर परीक्षण समेत गर्नु, सराहनीय छ ।

‘अफगान ड्रिमर्स’ नामले प्रसिद्ध
अफगानिस्तानका किशोरीरुको यो समूहलाई ‘अफगान ड्रिमर्स’ भनिएको छ, २०१७ मा अमेरिकीले उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विशेष पुरस्कारले सम्मान गरेको थियो । उनीहरुले लक्ष्य मेको अन्त्यसम्म बजारमा अति कम मुल्यमा धेरैभन्दा धेरै भेन्टिलेटर उपलब्ध गराउनु हो । टिमकी सदस्य १७ वर्षीया नाहिदी रहीमी भन्छिन्, ‘यो समय एक–एक जिन्दगी बचाउनु ठूलो हो ।’

समूहमा १४ देखि १७ वर्षसम्मका किशोरीहरु सहभागी छन् र उनीहरुले टोयोटा कोराला ब्रान्डको कारको मोटर र होन्डा मोटरसाइकलको चेन ड्राइभ आफ्नो भेन्टिलेटरमा प्रयोग गरेका छन् ।
स्ट्यान्डर्ड भेन्टिलेटर उपलब्ध नभएको घडीमा आफुले बनाएका भेन्टिलेटर्सले स्वासप्रश्वासमा कठिनाई भोगेका बिरामीलाई तुरुन्त राहत दिने किशोरीहरु बताउँछन् । यस टोलीकी कप्तान सोमाया फारुकीका अनुसार ४५ हजार भारतीय रुपैयाँभन्दा कम मुल्यमा यो भेन्टिलेटर उपलब्ध गराउने उनीहरुको प्रयास छ । अहिले बजारमा भेन्टिलेटरको मुल्य २२ लाखदेखि ३७ लाख भारतीय मुल्यबराबर छ, त्यसैले अधिकांश गरिब देशलाई भेन्टिलेटर किन्न समस्या छ ।

स्वास्थ संकट
बेलायती सञ्चारमाध्यम बीबीसीको रिपोर्टअनुसार अफगानिस्तानमा अहिलेसम्म ७ हजार ६ सय ५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ र १ सय ७८ जनाको ज्यान गइसकेको छ । यति धेरैले ज्यान गुमाउनुको एउटा प्रमुख कारण यहाँको लाचार चिकित्सा व्यवस्था पनि हो । अफगानिस्तानको हालत यसकारण पनि खराब छ किनकी यो ईरानसँग जोडिएको छ, ईरान आफैं महामारीको केन्द्र हो । यहाँ द्वन्द्व पनि कायमै छ । निर्माणको पहिलो चरण पूरा गर्ल ग्याङकी संस्थापक रोया महबूब यसअघि टाइम्स म्यागेजिनले सार्वजनिक गरेको विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा परेकी थिइन् । रोयाका अनुसार मेईको अन्त्यसम्म मानिसको सहयोगका लागि यो डेलिभर गरिनेछ । अहिले यो ७० प्रतिशत तयार छ, यसमा एयर सेन्सर लगाउन बाँकी छ ।
रोयाका अनुसार निर्माणको पहिलो चरण पूरा भएर केही दिन पहिले नै अस्पतालमा परीक्षण भएको थियो । दोस्रो चरणको काम जारी छ ।

छोरीलाई शिक्षित गर्न जरुरी
अफगानिस्तानमा महिलाको साक्षरता दर ३० प्रतिशत छ । यस्तोमा यी किशोरीको समूहले छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्दैछ । समूहकी सदस्य एल्हम मन्सुरी भन्छिन्, ‘छोरीलाई सानै उमेरदेखि शिक्षित गर्न यसकारण पनि जरुरी छ किनकी हाम्रो समाजमा नागरिकका रुपमा महिलाहरुको सधैं सक्रिय भूमिका रहदैं आएको छ ।’ गर्ल ग्याङको यस पहललाई अफगानिस्तान सरकारले ठूलो प्रशंशा गरेको छ । संस्थापक रोया महबूब भन्छिन्, ‘राष्ट्रपति अशरफ घानीलाई यस प्रोजेक्टका विषयमा जानेर धेरै खुसी मिल्यो र उनले अधिकारीहरुलाई हर संभव मद्दत गर्न निर्देशन दिएका छन् ।

Related Articles

Back to top button
Close