Intresting

भारतको एक अस्पतालमा कोरोना संक्रमित आमाले जन्माए सयभन्दा बढी बच्चा

विश्वव्यापी भएको कोरोनाले अहिले भारतमा पनि नराम्ररी प्रभाव पारेको छ । दिनहुँ संक्रमित थपिएका छन् ति संक्रमित मध्य कतिपय गर्भवती महिलाहरु पनि छन् । भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना प्रकोपबीच कोरोना संक्रमित आमाहरुबाट सयभन्दा बढी बच्चाहरु जन्मिएका छन्। गर्भवती अवस्थामा संक्रमित भएका आमाहरुले बच्चा जन्माएका हुन् ।

लोकमन्या तिलक म्युनिसिपल जनरल अस्पतालमा गएको एक महिनामा कोरोना संक्रमित आमाहरुबाट एक सय १५ बच्चा जन्मिएको बीबीसीले जनाएको छ।

त्यसरी जन्मिएका बच्चाहरु सुरक्षित रहेको पनि विविसीले जनाएको छ । कोरोना संक्रमित आमाहरुले जन्माएका बच्चाहरु मध्य ३ जना बच्चामा मात्र कोरोना देखिएको थियो भने बच्चा जन्माउने क्रममा दुई कोरोना संक्रमित महिलाको ज्यान गएको थियो।

संक्रमित महिलाबाट जन्मिएका बच्चाहरु मध्ये ५६ केटा र ५९ केटी भएको जनाइएको छ। हाल मुम्बईमा २० हजारभन्दा बढीमा कोरोनाको प्रभावमा छन् । तीमध्ये ७३० को ज्यान गइसकेको छ।

Related Articles

Back to top button
Close