Saturday, March 6

प्रधानमन्त्री ओलीलाई ‘आई लभ यु’ भनेपछि घनश्याम भुसाल जले !

February 6, 2021 71

पोखरा। नेकपा प्रचण्ड– माधव समूहका नेता घनश्याम भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुमाथि खनिएका छन्।

पोखरामा शुक्रबार भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ, यसलाई ठट्टाको रुपमा नलिऔं भन्दै आक्रोस पोखेका हुन्।

उनले भने, ‘केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ । यसलाई ठट्टाको रुपमा नलिऔं । यो ओलीवादको फर्ममा आउँदै छ,’ भुसालले भने, ‘उहाँले बनाउन खोजेको संगठन उहाँले तोकेका मान्छेहरुको संगठन हो । यो ओलीवाद हो।’

ओलीवादका रुपमा फाँसीवादको विकास भइरहेकाले त्यसलाई घुँडा टेकाउन किन जरुरी रहेको भुसालको भनाइ थियो।

‘रामराज्यको परिकल्पनामा जब मण्डलेहरु स्टेजमा आए, पञ्चायतको दिनगन्ती सुरु भयो,’ भुसालले भने, ‘कमरेड ओली तपाईंले मण्डलेहरु अघि ल्याउन थाल्नुभएको छ, अब ओलीवादको अवसान सुरु भयो।’

प्रतिकृया दिनुहोस्