News

लकडाउनको बेला एक्लै बस्नु कुनै सजाय भन्दा कम नहुने रहेछ’- निरुता सिंह

काठमाडौं– अभिनेत्री नीरुता सिंहलाई फेसबुकमा फलो गर्नु भएको छ ? छ भने पछिल्ला केही दिनदेखि उनले फेसबुकमा आफ्नो मन बहलाउने शैलीको एउटा रमाइलो काम गरेकी छिन् चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी सुन्दर अभिनेत्रीले अहिले भरखरैमात्र आफ्नै नामको यूट्युब च्यानल बनाएकी छिन्
यूट्युबमा गएर Niruta Singh सर्च गर्नु भयो भने तपाईंले अभिनेत्री सिंहको यूट्युब च्यानल नै फेला पार्नु हुनेछ । नीरुताले आफ्नो यूट्युब च्यानलमा अपलोड गरेका भिडियोहरु निकै आकर्षक छन् । भिडियोमा नीरुताले अभिनय गरेका चलचित्रहरुको छायांकनको क्रममा आफ्नै ह्याण्ड क्यामले खिचेका ‘बिहाइन्ड द सिन’ हरु समावेश छन् ।
‘मैले त्यो बेला ती भिडियोहरु खिचाइरहँदा यूनिटका साथी–भाइहरुले किन सबै दृष्यहरु खिचाएको होला भनेर जिज्ञासा राख्थे, केही दिनअघि गरिएको अनलाइन वार्ताका क्रममा हाल मुम्बईमा रहेकी अभिनेत्री सिंहले भनिन्- ‘पछि हामी बुढा–बुढी भएपछि यो हेर्दा कति रमाइलो हुन्छ, पुराना दिनहरुको सम्झना आउँछ भन्थें, त्यो समय त अहिले नै पो आयो । अहिले तीनै भिडियोहरु मेरा दिन कटाउने राम्रो माध्यम भएका छन् ।

ती रमाइला पलहरु सबैले हेर्नु होस् भनेर नै मैले आफैंले यूट्यूब च्यानल खोलेर ती भिडियोहरु अपलोड गरिरहेकी हुँ ।’ अभिनेत्री सिंह लामो समयदेखि मुम्बईमा बसोबास गरिरहेकी छिन् । लकडाउनका बेला समेत उनी आफ्नो घर (सिलिगुडी) जान पाइनन् । लकडाउनको बेला मुम्बईको लोखण्डवालास्थित आफ्नै अपार्टमेन्टमा बिल्कुलै एक्लै रहेकी निरुता सिंहले कलाकर्मी डटकमसंग आफ्नो लकडाउन अनुभव यसरी शेयर गरेकी छिन् ।

Related Articles

Back to top button
Close