Intresting

समुन्द्रको छेउमा फेला पर्‍यो ५० फिट लामो व्हेल

विश्वमा धेरै खालका जीव जनावरहरु छन् । यस्तै इग्ल्यान्डको समुन्द्र किनारमा एक अनौठो जीव फेला परेको छ । सुन्दा अचम्म लाग्ला तर इग्ल्यान्डको डेवोन टाउनमा निकै ठुलो जीवको लाश फेला परेको हो ।

समुन्द्रको किनारमा ५० फिट लामो व्हेल फेला परेको हो ।

उक्त व्हेललाई समुन्द्रको किनारमा घुम्न आएका मानिसहरुले देखेका थिए । घुम्न आएका मानिसहरु उक्त व्हेल नजिक जादा गन्ध आएको थियो ।

उक्त व्हेलको केही साताअघि मृत्यु भएको हुन सक्ने अनुमान लगाइएको थियो । व्हेल धेरै नै ठुलो भएकाले डिस्पोजल टोलीले व्हेललाई टुक्रा पारेर उठाएको बताइएको छ ।

Related Articles

Back to top button
Close