News

सिंहदरबारका डिएसपीलाई मुक्का हान्ने चार चिनियाँ ५/५ हजार धरौटीमा छुटे

आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गरेका चार चिनियाँ नागरिक पाँच/पाँच हजार धरौटी बुझाएर छुटेका छन्।

बुधबार उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

‘हिजो चारै जनाले पाँच–पाँच हजार बुझाएर धरौटीमा छुटेका हुन्,’ उनले भने। उनीहरू विरूद्ध अभद्र व्यवहारको मुद्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारले अघि बढाएको थियो।

वैशाख २६ गते ४७ चिनियाँ नागरिकले सिंहदरबार अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए। नियन्त्रणमा लिने क्रममा प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको थियो।

प्रहरीले सोही दिन ४३ जनालाई छाडेको थियो भने प्रहरीको बर्दी समात्ने तथा हातपात गर्ने चार जना विरूद्ध मुद्दा चलाएको थियो। झडप हुँदा सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट समेत लागेको थियो।

कानुनमा के छ ?

मुलुकी अपराध संहित को दफा ११८ मा अभ्रद व्यवहारलाई यसरी परिभाषित गरिएको छ । कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थान महिला बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरान गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।

यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैदा वा दश हजार रुपै‌यासम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था ।

हेर्नुहोस भिडियो

https://m.facebook.com/Ktmdainikofficial/videos/983475238806766/

 

Related Articles

Back to top button
Close