News

दाङमा पुनः थप एक जनामा कोरोना संक्रमणको पुष्टि

दाङ, ८ जेठ । दाङमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्यारेन्टाइनमा बसेका एकजनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीया पुरुषको कोरोना रिपोर्ट पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिनुभयो ।

उनी जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका ५ जनामा एक जनालाई कोरोना पोजिटिभ देखिएको हो । योसहित दाङमा तीन जनाका कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button
Close