News

रवि लामिछाने देखि रविन्द्र मिश्र, प्रमोद खरेल , दिपक राज गिरी सहितले मनिषाको समर्थनमा भाʼरतलाई यस्तो भने हेर्नुहोस

काठमाडौं । चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको एक बयानले भारतभर हंगामा भएको छ । भारतमै संघर्ष गरेर बलिʼउडको फिल्मी क्षेत्रलाई उचाइ दिन सफल कोइराला अहिले थप चʼर्चामा रहʼनु भएको छ ।

मिडिया मात्र नभइ भारतीय साʼमाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि बयान जारी गर्दैछन् । नेपाली मूलकी बलिउड अभिʼनेत्री मनिषाले गरेको एउटा ट्वीʼटका कारण भाʼरतभर बबाल भएको हो ।

भारतीय अतिʼक्रमणमा परेका कालाʼपानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्साबारे खुशी हुँदै उहाँले नेपाल सरकारको कदमको समʼर्थन गर्दै एउटा ट्वीट गर्नुभयो ।

अभिनेत्री कोइरालाले लेख्नुभयो, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ भारतीय मिडियाको रवैयालाई लिएर नेपालमा चर्को आʼक्रोश देखिएको छ ।

सञ्चारकर्मी रवि लामिछानेले मनिषा कोईरालाको एउटा ट्वीटले यति धेरै पसिना ? कठै भारतिय मिडिया । आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनु परेछ ।

कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन्–मनिषा कोइराला , अनि बोल्दिनन त ?’ भन्ने धारणा व्यक्त गर्नुभएको छ ।

लामिछाने थप्दै अगाडि लेख्नु भएको छ, ‘म कडा सुझाव दिन्छु कि सबै भारतीय मिडियाले तपाईको आफ्नै नक्शाको अध्ययन गर्नुहोस् जुन तपाईको आफ्नै सरकारले संयुक्त राष्ट्र संघमा पेश गरेको थियो ।

कृपया आज आधिकारिक रूपमा जारी गरिएको हाम्रो राजनीतिक नक्सामा हेर्नुहोस् ।’ यस्तै पूर्वपत्रकार एवं साझा पार्टीका संयोजक रविन्द्र मीश्रले पनि मनिषाको समर्थन गर्नुभएको छ । उहाँले लेख्नुभयो, ‘म मनीषा कोइरालासँग छु ।

भारतीय मिडियाले जे गरिरहेको छ त्यो घृणित हो । मान्छे विश्वको कुनै पनि ठाउँमा बस्न, काम गर्न सक्दछ तर कट्टर देशभक्त सधैं रहन्छ । विदेशमा बस्ने भारतीयहरूले भारतप्रति वफादारिता प्रदर्शन गर्दा यस्तै टिप्पणीहरू गरियो भने के हुन्छ ?’ अर्का चर्चित गायक प्रमोद खरेलले पनि कोइरालाको समर्थन गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘धेरै भारतीयहरु विश्व मा काम गर्दैछन् । के कुनै भारतीयले भारतलाई सहयोग गर्न कहिले रोके ?

छैन, मनिषा कोइराला भारतमा काम गर्नुको मतलब उहाँले आफ्नो राष्ट्रियता बिर्सनु आवश्यक छैन । उनी नेपालको एक प्रमुख राजनीतिक परिवारको सदस्य हुन्, भन्ने कुरा नबिर्सनु एबीपी न्यूज । बलेको आगोमा घिउ हाल्न छोड्नुहोस् ।’ यस्तै अर्का अभिनेता दिपकराज गिरीले पनि मनिषाको समर्थन गर्नुभएको छ ।-चौतारीपोष्टबाट।

Related Articles

Back to top button
Close