News

गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल

काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् ।

२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सबै भू-भाग नेपालको हो ।

हामीले पढ्दै आएको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर हो । नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको वास्तविक क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर हुन आऊछ । जुन क्षेत्रफल गुगलले पनि अपडेट गरेको छ ।

Related Articles

Back to top button
Close