News

क्लिन फिड लागु गरि भारतीय च्यानल बन्द गर्न कुमारको माग

नेपालले आफ्नो नयाँ नक्सा जारी गरे संगै बर्षौ देखि भारतसंग चल्दै आएको सिमा विवाद पुन एकपटक उत्कर्षमा पुगेको छ। लिम्पुयाधिरा, लिपुलेक, कालापानी लगायतको भूभाग आफ्नो रहेको बताउदै नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि यसले भारतमा ठुलो हलचल ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भुमी नेपालले जसरि फिर्ता लिने अभिव्यक्ति दिएपछी झन् माहोल गर्माएको छ। यहि बिचमा अभिनेत्री मनिषा कोईरालले नेपालको पक्षमा ट्वीट गरेको भन्दै भारतीय मिडिया उनिमाथि खनिएका छन्। आफ्नो देश र आफ्नो जन्मभूमिको पक्षमा उनले आफ्नो विचार राखेकी थिइन्।
उनको समर्थनमा यतिबेला नेपाली सेलिब्रेटी एकपछी अर्को गर्दै आएका छन्।

हास्यकलाकार कुमार कट्टेल जिग्रीले अब क्लिन फिड लागु गरेर भारतीय मिडिया तत्काल बन्द गर्न माग गरेका छन्। उनि लेख्छन्,’ हाम्रो स्वाभिमान र राष्ट्रियतामाथी जथाभावी गाली गलौज गर्ने भारतीय च्यानलहरुलाई तत्काल क्लिन फिड लागू गरि बन्द गरियोस सरकार।’

Related Articles

Back to top button
Close