News

सन्दिप क्षेत्रीलाई झट्का, ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्न सरकारको चिठी

जनकपुर/ मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश २ सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ ।

गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, मधेसी आयोग, महान्याधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल र चलचित्र विकास बोर्डलाई बोधार्थ गरिएको पत्रमा जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन अनुरोध गरिएको हो ।

प्रदेश सरकारको लेटरप्याडमा न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरेका हुन् ।

‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको छ,’ पत्रमा भनिएको छ, ‘यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्छ ।’

Related Articles

Back to top button
Close