News

सर्लाहीमा ह्वात्तै बढे कोरोना संक्रमित, शुक्रबारमात्रै १५ जनामा पुष्टि

काठमाडौं । प्रदेश २ को सर्लाही जिल्लामा कोरोना संक्रमितको सख्या ह्वात्तै बढेको छ । शुक्रबारमात्रै सर्लाही जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो जिल्लामा संक्रमितको संख्या १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार सर्लाहीको गोडैता नगरपालिकाका ८,९, ११, १३ र १४ वडा तथा रामनगर बहुअर्वा गाउँपालिका वडानम्बर ७ मा गरेर शुक्रबार मात्रै १५ जनामा संक्रमण पुष्टि भएको हो ।

२२ देखि ३९ बर्षसम्मका उनीहरु १४ पुरुष र एक महिला छन् । यसअघि यो जिल्लामा चार जनामा कोरोना पुष्टि भएको थियो ।
शुक्रबार बिहानसम्मको अध्यावधिक अनुसार देशभर ४८७ जनामा कोरोना पुष्टि भएको छ भने ४९ जना ठिक भएर घर फर्केका छन् । तीन जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close