Intresting

के विवाह गर्दैछिन् सोनिका रोकाया [९ तस्बिर]

मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेको बिषयले सामाजिक संजालमा निकै चर्चामा छ। कोरोना महामारीका कारण जारी लकडाउनमा गाउँ (बझाङ) फर्केकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्वरिहरु साझा गर्दै आएकी छिन् ।

रातो सारीमा सजिएका तस्बिर शेयर गर्दै केहि दिनमा बिशाल घोषणा गर्ने बताएपछि धेरैले उनको बिवाहबारे अनुमान गरेका हुन् ।
विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको रमाइलो जवाफ फर्काइन् । अहिले सामाजिक कार्यमा पनि संलग्न सोनिका पुजा रोकायका नामले पनि चर्चामा रहेकी छिन् ।

उनी समयसमयमा विभिन्न कारणले गर्दा विवाद र चर्चामा पर्दै आएकी छिन् । उनले को सँग र कहिले विहे हुन्छ भन्ने विषयमा केही खुलाइनन् । तर उनका अनुसार उनले आफ्ना फ्यानहरुका लागि यस वर्ष नै शुभ समाचार दिने तयारी गर्दैछिन् ।



Related Articles

Back to top button
Close