Sunday, February 28

बेवारिसे लासको कसम खादै सपनाले गरिन यस्तो खुलासा, बुवा मानेका विनयजंग संग अलग हुनुको कारण यस्तो छ (भिडियो हेर्नुस्)

February 7, 2021 73

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा लागेकी १७ वर्षकी सपना रोका मगर विनजजंग वस्नेतसंग अलग्गिएर छुट्टै काम गर्न थालेकि छन् । उनले नेपालगन्जवाट कामको सुरुवात गरेकी छन् ।

वेवारिसे शव ब्यवस्थापनकै कारण बीबीसीमा विश्वमा १०० शक्तिशाली महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको थियो । विनयजंग बस्नेतसंग लागेर उनले शव ब्यवस्थापनको काम थालेकी थिइन् । तर पछि उनीहरुको सम्बन्धमा समस्या आएपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।

अहिले उनले छुट्टै संस्था दर्ता गरेर काम थालेको बताएकी छन् । नेपालगन्जमा पहिलो शव ब्यवस्थापन गर्दै उनले कसैले चाहँदैमा आफुले सुरु गरेको समाजसेवाको काम नरोकिने बताइन् । उनले आफुलाई शव ब्यवस्थापनको काम नदिनु भनेर काठमाडौवाट अस्पताल प्रशासनमा फोन गरेर रोक्न कोशिस गरिएको पनि बताइन् । तर आफुलाई साथ दिने धेरै आएको भन्दै उनले खुसी ब्यक्त गरेकी छन् ।

उनले नयाँ संस्था खोलेर छुट्टै काम गर्न थालेपछि विनयजंग र सपनाको सम्बन्धका बारेमा नकारात्मक समाचार बाहिर आएका छन् । विनयजंगलाई सपना माथि नराम्रो ब्यवहार गरेको आरोप लगाइएको छ । यता विनयले पनि पत्रकार सम्मेलन गरेर सपना माथि पैसा हिनामिना गरेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्