News

चीनले पत्ता लगायो कोरोनाको औषधी, ५ दिनमा नै ठिक पार्ने चिनिया वैज्ञानिकको दाबी

एजेन्सी । कोरोनाको औषधी पत्ता लगाउन संसारमा कुन देश पहिलो होला रु चीन र अमेरिकाबिच अऔषधी पत्ता लगाउन होडबाजी नै चलेका बेला चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ ९कोरोना० विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले कोरोनाको औषधी आँफुहरुले पत्ता लगाइसकेको दाबी गरेका हुन् ।

चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पारिसकेको समेत दाबी गरेको छ । पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने औषधी जनावरमा सफल भएको छ ।

मुसामा परिक्षण गरिएको औषधीले सही काम गरेको बैज्ञानिकले बतााएका छन् । औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा पुगेको विश्वविद्यालयका निर्देशक सुन्ने शीले दाबी गरेका छन् । औषधी यो वर्षको अन्त्इसम्ममा आइपुग्ने समेत चीनले जनाएको छ ।

Related Articles

Back to top button
Close