Saturday, March 6

हिमानी शाह पुगिन् अनानिक ब्युटी सलोन, केक काटेर गरिन् शुभारम्भ फोटो खिच्नेको घुइंचो (भिडियो सहित)

February 8, 2021 62

सौन्दर्यको क्षेत्रमा ‘अनानिक ब्युटी सलोन’ यतिबेला अग्रणी स्थानमा रहेको छ। राम्रो सेवा र गुणस्तरीय प्रोडक्टको कारण अनानिक यतिबेला हरेक क्षेत्रका सेलिब्रेटी देखि आम नागरिको रोजाई बन्दै गएको छ ।

क्यानडाबाट सुरु भएको अनानिक नेपालमा भने २०१३ तिर सुरु भएको थियो ।

यतिबेला अनानिकका ४ वटा आउटलेटको ओपनिंङ्ग भैसकेको छ भने ५ औ आउटलेट तयारीमा रहेको छ । अनानिकको चौथो आउटलेटको ओपनिङ्ग पुर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् ।

ललितपुरको पुल्चोकमा रहेको लाभिम मलमा खुलेको चौथो आउटलेटको सुरुवात हिमानीले रिवन काटेर बुधबार गरेकी हुन् । पहिलो आउटलेट माल्भिका सुब्बाले ओपनिङ्ग गरेको सम्झदै अनानिकका सस्थापक सुर्विन राई भन्छन्,’

मलाई एकपटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यतिबेला पुरा भएको छ । ‘

प्रतिकृया दिनुहोस्