News

४० जिल्ला फैलियो कोरोना भाइरस ? सबै जिल्लागत तथ्यांकसहित

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रबार बेलुकासम्म ५०७ पुगेको छ ।

संक्रमितको संख्या ५०७ पुग्दा पुरुषको संख्या ४३३ छ भने महिलाको संख्या ७४ छ । अहिलेसम्म संक्रमित जिल्लाको संख्या ४० पुगेको छ । आज डडेलधुरा र बैतडीमा नयाँ संक्रमित भेटिएसँगै संख्या ४० पुगेको हो ।

यो पढ्न छुटाउनु भयो कि
बाँकेका २१ जनाले जिते कोरोना, फूलमाला र खादा ओढाएर अस्पतालबाट बिदाइ
शुक्रबार कोरोना देखिएका कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, बाँकेमा संक्रमित १०१ पुगे
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला ११५ (एकजनाले ज्यान गएको जोड्दा ११६) छन् भने पर्सामा ९१, कपिलवस्तुमा ६९, झापामा ३५, उदयपुरमा ३३, रुपन्देहिमा २९ रौतहटमा २२ सर्लाहीमा १९ र काठमाडौंमा ११ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै धनुषामा ९ जना, धनकुटा र कैलालीमा ७-७ जना संक्रमित फेला परेका छन् ।

चितवन, नवलपरासी (पश्चिम) र मोरङमा ५-५ जना भेटिएका छन् ।

दाङ र बारा जिल्लामा ४-४ जना संक्रमित फेला परेका छन् ।

महोत्तरी, धादिङ्ग, भक्तपुर, सुनसरी र नवलपरासी (पूर्व) मा ३-३ जना संक्रमित भेटिएका छन् ।

बाग्लुङ, बर्दिया, मकवानपुरमा २-२ जना संक्रमित भेटिएका छन् ।

१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १५ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर, सप्तरी, सिराहा, काभ्रे, सिन्धुपाल्चोक, गुल्मि, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली लमजुङ्ग, डडेलधुरा र बैतडी रहेका छन् ।

आज बाँकेका पहिलो संक्रमित सहित २१ जना निको भएर फर्केसँगै ७० जनाले यो रोगविरुद्धको लडाइ जितेका छन् ।





Related Articles

Back to top button
Close