News

नेपालमा पहिलोपटक थुनुवामा कोरोना संक्रमण देखियो

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा थुनामा रहेका शिवनाथ गाउँपालिका(१ का २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको बैतडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले संक्रमित युवकलाई १५ वैशाखमा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको जानकारी दिए ।

ती युवक भारतबाट आएको उनले बताए । यसैबीच सबै थुनुवा र प्रहरीको कोरोना परीक्षणको तयारी भएको छ ।

‘अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’ उनले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्याएर परीक्षण थाल्छौं।’ उनका अनुसार संक्रमितको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।

Related Articles

Back to top button
Close